मोक्ष नपाएको भन्दै स्वर्गीय मन्त्री अधिकारीको फेरी किरिया

Newslaya Home

मोक्ष नपाएको भन्दै स्वर्गीय मन्त्री अधिकारीको फेरी किरिया

सोमबार ०५, फागुन २०७६

काठमाडौ । हेलिकप्टर दुर्घटनामा परि निधन भएका पूर्व पर्यटनमन्त्री रबिन्द्र अधिकारीको फेरी किरिया गरिएको छ । गत बर्ष गरिएको सात दिने किरियाबाट मोक्ष नभएको भन्दै पुनः तेह्र दिनको किरिया गरिएको हो ।

गत बर्ष स्वर्गीय अधिकारीले सातदिने किरियाको सुरुवात गर्नुपर्छ भनेको भन्दै उनकै परिवारले सातदिनमा तेह्र दिनको काजकिरिया समापन गरेको थियो । तर धार्मिक विधिअनुसार तेह्रदिन किरीया बस्ने नियम भएकाले सात दिनमा मोक्ष नहुने भन्दै फेरि तेह्रदिनको क्रिया भईरहेको पारिवारीक स्रोतले जनाएको छ । अधिकारीको गतबर्ष फागुन १५ गते धार्मिक तिर्थस्थल पाथिभरा भगवतीको दर्शन गरेर फर्किने क्रममा हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएको थियोे ।

गत बर्षको फागुन १५ गते निधन भएपनि तिथी अनुसार यहि फागुन ५ गते वार्षिकी हुँदैछ । बार्षिकी कर्म गर्नु भन्दा पहिले नै रहि किरिया गर्न मिल्ने शास्त्रीय नियम छ । स्वर्गीय अधिकारीको पारिवारिक सहमतिअनुसार लोकनाथ कश्यपले तेह्र दिने किरिया कर्म गरिरहेका छन् । प्युठानको त्रिवेणी स्थित बिष्णु मन्दिरमा आइतबार एघारौं दिनको किरियाकर्म सकिएको त्रिवेणी धामले जनाएको छ । किरिया समाप्ति पछि मात्रै फागुन पाँच गते वार्षीकी कार्य गरिने किरिया बसिरहेका अधिकारीले जानकारी गराए ।

किरिया बसेका अधिकारी स्वर्गीय रबिन्द्र अधिकारी सहित पाथिभरा मन्दिरमा दर्शन गर्न जानेहरुलाई अन्तिम पटक बिदाई गरेका मध्येका एक हुन् । अधिकारी दर्शन गर्दा गएको समयमा उनी पनि त्यही मन्दिर परिसरमै थिए । पुजारीले रबिन्द्र अधिकारी सहितको टोलि दर्शन गर्न आउन लागेको खबर दिएपछि भेट गर्नका लागि मन्दिर परिसरमै बसेका थिए ।