कोरोनाभाइरसः पानीजहाजबाट उद्धार गरिएका ४० अमेरिकी नागरिकमा सङ्क्रमण

Newslaya Home

कोरोनाभाइरसः पानीजहाजबाट उद्धार गरिएका ४० अमेरिकी नागरिकमा सङ्क्रमण

सोमबार ०५, फागुन २०७६

बिबिसि । जापानमा क्वारन्टीनमा राखिएको डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजबाट उद्धार गरिएका संयुक्त राज्य अमेरिकाका ४० जना नागरिकमा नयाँ कोरोनाभाइरसको सङ्क्रमण देखिएको एक अमेरिकी अधिकारीले बताएका छन् ।

उनीहरू जापानमा उद्धार गरिएका ४०० अमेरिकी नागरिकमध्येका हुन् ।

उद्धार गरिएकामध्ये अधिकांश व्यक्तिहरू दुईवटा अमेरिकी हवाईजहाजमार्फत्‌ स्वदेश फर्किरहेका छन् ।

तर सङ्क्रमित व्यक्तिहरूलाई चाहिँ उपचारका लागि जापानकै अस्पतालहरूमा भर्ना गरिनेछ ।