ओलीले भने, ‘सुकुम्बासीलाई सरकारले जग्गा दिन्छ, नहडप्नु’

Newslaya Home

ओलीले भने, ‘सुकुम्बासीलाई सरकारले जग्गा दिन्छ, नहडप्नु’

आइतबार ०४, फागुन २०७६

दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले सुकुम्बासीलाई सरकारले जग्गा दिने तर सरकारी जमिन हडप्न नदिने बताएका छन् । सरकारी तथा सार्वजनिक जमिन व्यक्तिको नाममा पार्ने प्रवृतिविरुद्ध पहिलोपटक सरकारले कदम चालेको भन्दै उनले यसमा संलग्न कसैले पनि छुट नपाउने बताएका हुन् ।

आइतबार झापाको दमकदेखि पाँचथरको रवी जोड्ने दमक चिसोपानी रवि सडक कालोपत्रे शिलन्यासपछि आयोजित सभामा उनले यसअघि कुनै पनि सरकारले सरकारी तथा सार्वजनिक जमिन अतिक्रमण गर्नेविरुद्ध कार्वाही गर्न नसकेको र पहिलोपटक आफ्नो सरकारले काम थालेको दावी गरे । सो क्रममा उनले आफ्नो सरकारले गरेका कामका केही उदाहरण दिँदै विस्तृत विवरण संसद्‍मार्फत सार्वजनिक भइसकेको पनि बताए ।

संवोधनका क्रममा ओलीले विकास र समृद्धि नचाहने शक्तिले सरकारलाई चारैतिरबाट कमजोर बनाउन षड्यन्त्र गरि रहेको भन्दै त्यस्ता चलखेलविरुद्ध वर्तमान सरकार निर्धक्कका साथ जुधिरहेको दावी गरे ।