चीनमा लगातार तेस्रो दिन कोरोनाभाइरसको सङ्क्रमण सङ्ख्या घट्यो

Newslaya Home

चीनमा लगातार तेस्रो दिन कोरोनाभाइरसको सङ्क्रमण सङ्ख्या घट्यो

आइतबार ०४, फागुन २०७६

बिबिसि । चीनले लगातार तेस्रो दिन कोरोनाभाइरसको नयाँ सङ्क्रमितको सङ्ख्या घटेको बताएको छ ।

आइतवार चीनमा २,००९ जना नयाँ बिरामी र थप १४२ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

यो हप्ताको सुरुमा नयाँ बिरामी गन्ने तरिकामा परिवर्तन गरिएपछि सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढे पनि त्यस यता लगातार घटेको हो ।

अहिलेसम्म कूल ६८,००० लाई चीनमा कोरोनाभाइरसले सङ्क्रमण गरेको र मृत्यु हुनेको सङ्ख्या १,६६५ पुगेको छ ।

चीनबाहिर भने नेपालसहित २० देशमा झन्डै ५०० जनालाई सङ्क्रमण भएको छ। फ्रान्स, हङ्‍कङ, फिलिपिन्स र जापानमा गरी चार जनाको मृत्यु भएको छ ।

नयाँ तथ्याङ्क आउनुभन्दा पहिले चिनियाँ विदेशमन्त्री वाङ यीले यो प्रकोप नियन्त्रण गर्न सकिने बताएका थिए ।