तरहरा–एकम्बामा सडक मिचेका संरचना भत्काउन उपमहानगरपालिकाको आग्रह

Newslaya Home

तरहरा–एकम्बामा सडक मिचेका संरचना भत्काउन उपमहानगरपालिकाको आग्रह

आइतबार ०४, फागुन २०७६

इटहरी । इटहरी उपमहानगरले तरहरा देखि एकम्वा जोडने वहुबर्षिय योजना अन्र्तगत सडक क्षेत्राधिकारभित्र पर्ने संरचना हटाउन आग्रह गरेको छ ।

इटहरीको वडा नम्वर १, १५, १६, १७ र २० नम्वर वडा हुँदै तरहरा, लविपूर, पकली, एकम्वा जोड्ने सडकको क्षेत्राधिकार भित्र पर्ने घर, टहरा, गोठ लगायतका संरचना सात दिन भित्र हटाउन सूचना गरेको हो । सात दिनभित्र नहटाए नियमानुसार भईजाने सूचनामा उल्लेख गरिएको छ ।

सम्बन्धित वडा कार्यालयहरु र सार्वजनिक स्थानहरुमा सूचना टाँस गरिएको उपमहानगरले जनाएको छ । यसैबिच इटहरी–२ आँपगाछीमा रोयल रिसोर्टले पैनीको क्षेत्राधिकार मिचेर बनाएको संरचना भत्काएको छ रिसोर्टले पैनी मिचेर बनाएको जग्गा १५ दिन भित्र भत्काउन इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले निर्देशन दिएका थिए । सञ्चालक अमृत कार्कीले १५ दिनभित्रमा भत्काउने बताएका थिए ।