आइओसीद्वारा झापा–सिलगुडी पाइपलाइनको प्रारम्भिक अध्ययन सुरू

Newslaya Home

आइओसीद्वारा झापा–सिलगुडी पाइपलाइनको प्रारम्भिक अध्ययन सुरू

आइतबार ०४, फागुन २०७६

झापा । झापाको चारआलीदेखि सिलगुडीसम्म पाइपलाइन विछ्याउन प्रारम्भिक अध्ययन सुरू गरिएको छ। भारतीय आयल निगम (आइओसी) ले पाइपलाइन बिच्छ्याउन अध्ययन सुरू गरेको हो।

पाइपलाइन कहाँबाट सजिलो हुन्छ भनेर प्रारम्भिक तहको अध्ययन थालिएको नेपाल आयल निगमका चारआली कार्यलयले बताएको छ । टोलीले नेपाल तर्फको क्षेत्रमा अध्ययन गरेको छ। अर्को टोली आएर पुन अध्ययन गरिने जनाइएको छ ।

नयाँ दिल्लीमा पुस २८ गते नेपाल–भारत पेट्रोलियम तथा प्राकृतिक ग्याससम्बन्धी ‘ज्वाइन्ट वर्किङ ग्रुप’ को सहसचिवस्तरीय बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालले झापाको चारआलीदेखि सिलगुडीसम्म पेट्रोलियम पाइपलाइन बिच्छ्याउन प्रस्ताव राखेको थियो।

पेट्रोलियम आयात सहज बनाउन झापाको चारआलीदेखि पश्चिम बंगालको सिलगुडीसम्म अन्तरदेशीय पेट्रोलियम पाइप लाइन निर्माण गर्न लागिएको हो। चारआलीदेखि पश्चिम बंगालको सिलीगुडीसम्म पाइपलाइन मार्फत पेट्रोल ल्याउन सकिए निगमको ढुवानी खर्च बच्ने छ।