स्पेनी ला लिगा : बार्सिलोनाको संघर्षपूर्ण जित

Newslaya Home

स्पेनी ला लिगा : बार्सिलोनाको संघर्षपूर्ण जित

आइतबार ०४, फागुन २०७६

म्याड्रिड । एन्टोन ग्रिजमनको गोलको मद्दतले बार्सिलोनाले स्पेनी ला लिगामा गेटाफेको चुनौती २–१ ले समाप्त पारेको छ । गेटाफेले खेलको अन्त्यतिर कडा चुनौती पेस गरेपछि बार्सिलोनाले जितका लागि संघर्ष गर्नु परेको हो ।

यो जितपछि बार्सिलोना लिग तालिकामा रियल म्याड्रिडसँग समान अंकमा रह्यो । रियल गोल अन्तरले अगाडि भने छ । बार्सिलोनाका लागि सर्जियो रोबर्टोले पनि एक गोल गरे । खेलको ६६ औं मिनेटमा गेटाफेका लागि एन्जेल रोडरिग्वेजले गोल गरेपछि रोमाञ्चक स्थिति तयार भएको हो ।