बिग बोसको उपाधि सिद्धार्थ शुक्लालाई

Newslaya Home

बिग बोसको उपाधि सिद्धार्थ शुक्लालाई

आइतबार ०४, फागुन २०७६

काठमाडौं । बिग बोस १३ संस्करणको उपाधि भारतीय टेलिभिजन अभिनेता सिद्धार्थ शुक्लाले जितेका छन् । उपाधि जितेसँगै उनले ५० लाख नगद र एउटा कार प्राप्त गरेका छन् ।

करिब साढे ४ महिनासम्म चलेको यस चर्चित र विवादास्पद रियालिटी शोको फाइनलमा ६ प्रतियोगी पुगेका थिए । जसमा शुक्लासहित आसिम रियाज, शहनाज गिल, रश्मी देसाई, आरती सिंह र पारस छाबडा थिए ।

ग्रान्ड फिनालेमा सबैभन्दा पारस छाबडा बाहिरिएका थिए । उनले १० लाख पुरस्कार लिए । त्यसपछि जनताको मतका आधारमा आरती सिंह, रश्मी देसाई, शहनाज गिल उपाधिको दौडबाट बाहिरिएका थिए ।

अन्तिममा सिद्धार्थ शुक्ला र आसिम रियाजबीच प्रतिस्पर्धा भएको थियो ।

गत सेप्टेम्बरमा सुरु भएको बिगबोसको ग्रान्ड फिनाले शनिबार भएको हो ।