परपुरुषसँग अवैध सम्बन्ध राखेको भन्दै श्रीमानले टालिदिए श्रीमतीको गोप्य अंग

Newslaya Home

परपुरुषसँग अवैध सम्बन्ध राखेको भन्दै श्रीमानले टालिदिए श्रीमतीको गोप्य अंग

शनिबार ०३, फागुन २०७६

चार जना परपुरुषसँग अवैध सम्बन्ध राखेर आफूलाई धोका दिएको भन्दै एक जनाले आफ्नी श्रीमतीको गोप्य अंग नै टालिदिएका छन् । ती व्यक्तिले सुपर ग्लू लगाएर श्रीमतीको गोप्य अंग टालिदिएका हुन् ।

आफ्नो व्यापारिक भ्रमणको सिलसिलामा घरबाहिर रहँदा श्रीमतीले परपुरुषसँग सम्बन्ध राखेको थाहा पाएपछि त्यसो गरेको ती व्यक्तिको भनाइ छ । हाल उनी प्रहरीको नियन्त्रणमा छन् ।

यो घटना अफ्रिकी मुलुक केन्याको हो । दक्षिणी केन्याको किटुयी शहरमा बसोबास गर्ने ३६ वर्षे डेनिस मुमोले श्रीमतीको चालामालाबारे आफूले सामाजिक सञ्जालका सन्देशबाट थाहा पाएको प्रहरीलाई बताएका छन् ।

‘जबजब म व्यापारिक भ्रमणको सिलसिलामा घरबाहिर हुन्थेँ । मेरी श्रीमती अरु नै सँग जाँदिरहिछिन्’ उनको भनाइ छ ।

आफ्नी श्रीमतीको बानीबाट आजित भएर उनको गोप्य अंगमा सुपर ग्लू लगाएर टालिदिएको उनको जिकिर छ । उनले व्यापारिक भ्रमणको सिलसिलामा छिमेकी मुलुक रुवाण्डा जानुअघि आफूले त्यसो गरेको उनले स्वीकार गरेका छन् ।

आफ्नो गोप्य अंगमा सुपर ग्लू लगाएपछि उनकी श्रीमतीलाई भने असह्य पीडा भएको र छिमेकीहरुको सहयोगमा उनलाई उपचार गराइएको बेलायतको डेली स्टार अनलाइनमा समाचार छ । त्यसपछि मुमोलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले प्रहरीसामु आफ्नो विवाह जोगाउन त्यसो गरेको स्वीकार गरेका छन् । आफ्नी श्रीमती पनि व्यभिचारी भएको भन्दै आफ्नी श्रीमतीलाई १ सय कोर्रा हान्न माग गर्दै अदालतमा मुद्दा समेत दायर गरेको जनाइएको छ ।