मकवानपुरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

Newslaya Home

मकवानपुरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

शनिबार ०३, फागुन २०७६

हेटौंडा । मकवानपुरको मनहरीमा शनिबार बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रूपन्देही धकदही गाउँपालिका–३ घर भएका २६ वर्षीय अकबर खान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको ना६ख २३७ नम्बरको गोरु बोकेको ट्रक मनहरी गाउँपालिका–६ सुनाचुरीमा भएको सो दुर्घटनामा खानको मृत्यु भएको हो ।

दुर्घटनामा रुपन्देही रोहनी गाउँपालिका–६ घर भएका ४० वर्षीय मकबुल महरु मुसलमान गम्भीर घाइते भएका छन् । उनको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले बताए ।

ट्रक चालक र सहचालक फरार रहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।