चलचित्र ‘कबड्डी’ की नायिका रीश्मा गुरुङले गरिन् बिहे

Newslaya Home

चलचित्र ‘कबड्डी’ की नायिका रीश्मा गुरुङले गरिन् बिहे

शनिबार ०३, फागुन २०७६

काठमाडौं । चलचित्र ‘कबड्डी’ की नायिका रीश्मा गुरुङ बैबाहिक जीवनमा बाँधिएकी छिन् । चलचित्र ‘कबड्डी’को तिन वटै सिरिजमा मैयाँ नामले परिचित रीश्मा गुरुङको शुक्रबार पोखरामा बिहे भएको हो । आफ्ना प्रेमी सन्दिप गुरुङसँग रीश्माले बिहे गरिन् ।

थोरै चलचित्रमा काम गरेपनि रीश्मालाई दर्शकले रुचाएका थिए । तर, चलचित्र क्षेत्रमा कलाको सम्मान नहुने, पारिश्रमिक पनि पुरा नपाइने भन्दै उनले काम गर्ने सोच बनाएको अनलाइनखबरसँग नै बताएकी थिइन् । बिहेसँगै उनी अब घरजममा व्यस्त हुने तयारीमा छिन् ।