डडेल्धुरामा बस र हाइस ठोक्किँयो, पाँचजना घाइते

Newslaya Home

डडेल्धुरामा बस र हाइस ठोक्किँयो, पाँचजना घाइते

शनिबार ०३, फागुन २०७६

डडेल्धुरा । डडेल्धुरामा बस र हाइस एकआपसमा ठोक्किँदा पाँचजना घाइते भएका छन् । शनिबार दिउँसो धनगढीबाट अछामतर्फ आइरहेको ना६ख १९८० नम्बरको बस र दिपायलबाट धनगढी जाँदै गरेको ना से१ख १७३६ नम्बरको हाइस ठोकिएका हुन्।

जिल्लाको साहुखर्कमा भएको उक्त दुर्घटनामा हाइस चालकसहित पाँचजना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, स्याउले डडेल्धुराले जनाएको छ। प्रहरी घटनास्थल तर्फ गइसकेको छ। घाइतेको उद्धारका लागि एम्बुलेन्स समेत पठाइसकिएको जनाइएको छ। बस र हाइसको अगाडिको भागमा क्षति पुगेको छ। दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ।