प्रदेश सरकारको दुई वर्ष पुरा : यि हुन् उपलब्धिहरु

Newslaya Home

प्रदेश सरकारको दुई वर्ष पुरा : यि हुन् उपलब्धिहरु

शनिबार ०३, फागुन २०७६

मोरङ । प्रदेश सरकारले स्थापनाको दुई वर्ष पूरा भएको उपलक्षमा शनिबार दोश्रो वार्षिक उत्सव मनाउँदै कामको समीक्षा गरेको छ ।

प्रदेश सरकारले प्रशस्तै काम गर्न सक्ने भए पनि नगरेको अरोप भने लाग्दै आएको अवस्थामा सरकारले यो बीचमा गरेको कामको बारेमा जानकारी गराएको हो । प्रदेश सरकारको वार्षिक उत्सव कार्यक्रमको अवसरमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश सरकारले दुई वर्षको अवधिमा गरेका कार्य मुख्य उपलब्धि सार्वजनिक गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख प्यासीले सबै नागरिकसँग गरेको प्रतिबद्धतालाई आधारलाई बनाएर कार्यक्रम तथा योजनाहरु ल्याएकोमा आफू सन्तुष्ट रहेको बताए ।

धेरै चुनौतीका बीचमा प्रदेश सरकार सुरु भएको स्मरण गर्दै मुख्यमन्त्री शेरधन राईले दुई वर्षलाई महत्वपूर्ण आधार तय गर्ने अवसर वर्षको रुपमा प्रयोग गरेको बताए । प्रदेश सरकार सही बाटोमा सकारात्मक उपलब्धिका साथ अघि बढेको राईको दावी छ ।


प्रदेश सरकारको उपलब्धि

प्रथम आवधिक योजना निर्माण गरेको, मध्यम कालिन खर्च संरचना समेत लागू गरिएकोलाई उपलब्धिको रुपमा सरकारले लिएको छ । परियोजना बैंक तयार गरी २६ परियोजनालाई अगाडि बढाउने योजनाका साथ बैशाखमा लगानी सम्मेलन गर्ने योजना मुख्यमन्त्री राईले सुनाए ।

१० वर्षे सडक योजना बनाएको, प्रादेशिक सडक निर्माण भएको, पूर्वाधारतर्फ २७ किलोमिटर सडक कालोपत्रे, १२९ किलोमिटर सडक ग्राभेल, १५ वटा झोलुङ्गे पुल निर्माण, १० वटा मोटरेवल पुल निर्माणको कामहरु सम्पन्न भएको मूख्यमन्त्री राईले दावी गरे ।

प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रमा ६२ वटा बहुवर्षिय सडक निर्माण, ८७ वटा मुुख्यमन्त्री ग्रामीण सडक, १२६ मेटरेवल पुल र ११४ वटा झोलुङ्गे पुलहरु निर्माणको चरणमा रहेको मुख्यमन्त्री राईले जानकारी दिए ।

कृषि योग्य जमिनमा सिँचाइ पुर्याउन १२९ वटा योजनाहरु सम्पन्न भएको, ६३१ वटा योजनाहरु निर्माणाधीन रहेका छन् । खानेपानीका आयोजनाहरु ११० वटा सम्पन्न भएको र ९४९ वटा आयोजनाहरु निर्माणको चरणमा रहेको छन् ।