लिपुलेक र कालापानी नेपालका हुन्, नेपालले छोड्दैन : प्रधानमन्त्री ओली

Newslaya Home

लिपुलेक र कालापानी नेपालका हुन्, नेपालले छोड्दैन : प्रधानमन्त्री ओली

शनिबार ०३, फागुन २०७६

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कालीनदीको मुहान, लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको रहेको बताएका छन् ।
ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा साँसदका प्रश्नको जवाफ दिँदै उनले विवाद भएका भुमिहरु तथ्य र प्रमाणले नेपालको क्षेत्र रहेको पुष्टि गरेको बताउँदै नेपालले आफ्नो क्षेत्र नछोड्ने बताए । यसका लागि कुटनीतिक प्रयास र पहल भइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

उनले भारतसँगको वार्ताको पहल भइरहेको तर अहिले मिति नै तोक्न नसकिने बताए । उनले दुई देशबीच सार्वभौम समानताका आधारमा वार्ता गर्ने प्रश्नमा सरकार स्पष्ट रहेको तथा राष्ट्रियता, सार्वभौमसत्ता स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका विषयमा सरकारले कुनै अनुचित सम्झौता नगर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।