अष्ट्रेलियामा एक नेपाली युवतीमाथि छुरा प्रहार

Newslaya Home

अष्ट्रेलियामा एक नेपाली युवतीमाथि छुरा प्रहार

शनिबार ०३, फागुन २०७६

काठमाण्डौ । अष्ट्रेलियामा एक नेपाली युवतीमाथि छुरा प्रहार भएको छ । व्रिजवेनमा २० वर्षिया युवतीमाथि शुक्रबार राति छुरा प्रहार भएको हो ।

व्रिजवेनको एक कलेजमा डिप्लोमा आईटी अध्ययनरत ती युवतीलाई कम्मर र फिला वरपर छुरा प्रहार गरिएको बताइएको छ । घाइते युवतीलाई व्रिजवेन ओमन अस्पताल पुर्याइएको थियो ।

उनी मानसिक रुपमा अत्यन्त डराएको र उनको उपचारपछि घर गएको बताइएको छ । उनको घर धरान भएको र अन्य कुरा गोप्य राखिएको बताइएको छ । उक्त घटनाबारे प्रहरीले अनुसन्धान गरिराखेको बताइएको छ ।