नेपाली सेनाले पायो सगरमाथा सफा गर्ने जिम्मा

Newslaya Home

नेपाली सेनाले पायो सगरमाथा सफा गर्ने जिम्मा

शनिबार ०३, फागुन २०७६

सोलुखुम्बु । सगरमाथा सफा गर्ने जिम्मेवारी नेपाली सेनाले पाएको छ । सगरमाथासहित ६ वटा हिमाल एकै पटक सरसफाई गर्ने जिम्मेवारी सरकारले नेपाली सेनालाई दिएको हो ।

वन तथा वातावरण मन्त्रालयका अनुसार अत्यधिक पर्यटकको आकर्षणमा रहेका विश्वको सर्वोच्च शिखर सगरमाथासहित ल्होत्से, मकालु, धवलागिरि, पुमोरी र आमादब्लम हिमाल सफा गर्नका लागि सेनालाई जिम्मेवारी दिइएको छ  ।

जसको लागि करिब आठ करोड ५९ लाख ९३ हजार रुपैयाँ बजेट ब्यवस्थापन गरेको विभागले जनाएको छ । पहिलो चरण अन्तर्गत फागुन ३ गते जनशक्तिको प्रारम्भिक छनोट, फागुन ८ गते समूह संयोजकको छनोट र फागुन २२ गते सहयोगी सङ्घसंस्था तय गरिनेछ । दोस्रो चरण अन्तर्गत भने हिमाल सरसफाइ गर्न छनोट गरिएको जनशक्तिलाई चार हप्ताको विशेष तालिम दिइने बताइएको छ ।

तेस्रो चरणमा चैत २० गते हिमाल सरसफाइका लागि ६ वटै टोली आफ्नो गन्तव्यतर्फ लाग्ने सेनाका प्रवक्ताले बताए ।