झापामा ट्रयाक्टरबाट लडेर एक युवकको मृत्यु

Newslaya Home

झापामा ट्रयाक्टरबाट लडेर एक युवकको मृत्यु

शनिबार ०३, फागुन २०७६

भद्रपुर । झापामा गुडिरहेको ट्रयाक्टरबाट लडेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–२ गच्छीमारीका २० वर्षीय सुनिल मुर्मु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गच्छीमारीको भित्री सडकखण्डमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ त ६८२३ नम्बरको ट्रयाक्टरमा सवार मुर्मु लडेर गम्भीर घाइते भएका थिए। घाइते उनलाई तत्काल उपचारका लागि मेची अस्पताल भद्रपुर लगिएको र चिकित्सकले उनलाई मृत घोषणा गरी दिएको प्रहरीले जनाएको छ।

ट्रयाक्टर र ट्रयाक्टर चालक इलाका प्रहरी कार्यालय राजगढले नियन्त्रणमा लिएको जनाइएको छ।