चलचित्र ‘लक्का जवान’को नयाँ गीत ‘मुसुक्कै हास न माया’ सार्वजनीक (भिडियोसहित)

Newslaya Home

चलचित्र ‘लक्का जवान’को नयाँ गीत ‘मुसुक्कै हास न माया’ सार्वजनीक (भिडियोसहित)

शनिबार ०३, फागुन २०७६

काठमाण्डौ । चलचित्र ‘लक्का जवान’को नयाँ गीत ‘मुसुक्कै हास न माया’ सार्वजनीक भएको छ। गीतमा बाबुल गिरीको शब्द र संगीतरहेको छ । गीतमा बाबुलले जुनु रिजाल काफ्लेसँग सहकार्य गरेका छन्।

दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत र वर्षा सिवाकोटी नाचेको यस गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन्। चैत्र २१ गते रिलिज हुने चलचित्रमा हास्यकलाकार शिवहरी पौड्यालले निर्देशन गरेका छन भने कथा, पटकथा र संवाद पौड्यालकै रहेको छ।

चलचित्रमा दीलिप, प्रियंका, सलोन र वर्षासँगै किरण केसी, राजाराम पौडेल, शिवहरी पौड्याल, सुशील पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामा, सरोज खनाल लगायतका कलाकारको अभिनय छ।