उडिरहेको विमानभित्र बेहोस भएका खोटाङका राईको मृत्यु

Newslaya Home

उडिरहेको विमानभित्र बेहोस भएका खोटाङका राईको मृत्यु

शनिबार ०३, फागुन २०७६

काठमाण्डौ । नेपाल वायुसेवाको जहाजमा हङकहङबाट काठमाडौंका लागि उड्दै गर्दा आकाशमै अचानक बेहोस भएका खोटाङका डिकप्रसाद राईको मृत्यु भएको छ।

गत मंगलबार काठमाडौं उड्ने क्रममा मस्तिष्काघात भएर बेहोस भएका ४९ वर्षीय राईको उपपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो। हङकङको प्रिन्स मार्गरेट अस्पतालको सघन कक्षमा उपचाररत उनको शुक्रबार राति ८ बजे मृत्यु भएको उनका आफन्तले जनाएका छन् ।

आफन्त राईका अनुसार मृतकलाई यलुङ्छा परिवारले किरात राई परम्पराअनुसार हङकङमै दाहसंस्कार गर्नेछ। डिकप्रसाद लामो समयदेखि हङकङको युनलोङमा बसिरहेका थिए। उनी गत मंगलबार हङकङबाट काठमाडौं जाने क्रममा विमानमा उडिरहेका बेला बेहोस भएका थिए।