सप्तरीमा मुस्लिम सम्मेलन सुरु

Newslaya Home

सप्तरीमा मुस्लिम सम्मेलन सुरु

शनिबार ०३, फागुन २०७६

सप्तरी । सप्तरीमा शनिबार (आज) देखि मुस्लिम समुदायको धार्मिक सम्मेलन इज्तिमा सुरु भएको छ । सप्तरीको बोदेबरसाइन नगरपालिका –५ जाजरमा इस्लामिक सम्मेलन सुरु भएको हो ।

यस सम्मेलनमा २ लाख भन्दा बढी मुस्लिम समुदायको सहभागी रहने छन् भने इस्लामिक सम्मेलनमा नेपाल–भारतका विभिन्न प्रान्तबाट धर्म गुरुहरु सहभागी हुने आयोजकले जनाएका छन् । भारतबाट आएका धर्मगुरुहरुले समेत यस सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनमा नेपाल र भारतबाट धर्मगुरु लगायतका सहभागिता रहने भएपछि नेपाल सरकारले सम्मेलन गर्न रोक लगाएको थियो । तर नेपाल र भारत बाहेकका मुलुकहरुबाट आएका धर्मगुरुहरुलाई फिर्ता पठाएपछि पूर्व निर्धारित योजनाअनुसार सम्मेलन हुन लागेको हो । तेश्रो मुलुकबाट नेपाल सरकारसँग विनाअनुमति नै इस्लामिक सम्मेलनमा सहभागी हुनका लागि ल्याएको थियो ।

इस्लामिक सम्मेलनमा सहभागी गराउनका लागि पाकिस्तान, बंगलादेश, साउदी अरेबिया, मलेसिया, दुबई र थाइल्यान्ड लगायत मुलुकबाट आएका धर्मगुरु लगायतका सहभागीहरुलाई शुक्रबार साँझ नै आयोजकले फिर्ता पठाएको थियो ।

इस्लामिक सम्मेलनमा सहभागी हुन अहिलेसम्म एक लाख भन्दा बढी मुस्लिमहरुको उपस्थिती रहेको सप्तरी प्रहरीले जनाएको छ । सम्मेलनमा कुनै किसिमको समस्या उत्पन्न हुन नदिनका लागि र सुरक्षालाई ध्यानमा राखेर नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको जनाइएको छ ।