प्रियंका र आयुस्मानको विवाहको मिति सार्वजनिक

Newslaya Home

प्रियंका र आयुस्मानको विवाहको मिति सार्वजनिक

शनिबार ०३, फागुन २०७६

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले आफ्नो विवाहको मिति सार्वजनिक गरेकी छिन् ।

लामो समयदेखि अभिनेता आयुस्मान देशराज जोशीसँग प्रेम सम्बन्धमा रहेकी कार्कीले फागुन १७ गते विवाह गर्ने भएकी हुन् । साजिक सञ्जाल इन्टाग्राममा उनले १७ गते विवाह गर्ने उल्लेख गरेकी छिन् । उनीसँगै आयुस्मानले पनि इन्टाग्राममा सोही जानकारी दिएका छन् ।

प्रियंका र आयुस्मानले गत वर्ष इन्गेजमेन्ट गरेका थिए ।