यी महिला जसले एक वर्षदेखि पानी पिएकी छैनन्

Newslaya Home

यी महिला जसले एक वर्षदेखि पानी पिएकी छैनन्

शनिबार ०३, फागुन २०७६

कुनै पनि मानिस पानी नपिइकनै एक वर्षसम्म बाँच्न सक्छ भन्दा तपाईलाई अचम्म लाग्ला । तर इन्डोनेशियाकी एक महिला एक वर्षदेखि पानी पिएकी छैनन् । बालीमा बसोबास गर्ने ती महिलाको शरीरमा छुट्टै बदलावसमेत आएको एजेन्सीहरुले उल्लेख गरेका छन् ।

३५ वर्षीया ती महिलाको नाम सोफी पार्तिक हो । उनी योगा प्रशिक्षक हुन् । साथै न्युट्रिसियन विशेषज्ञ पनि हुन् । उनले आफू एक वर्षसम्म पानी नपिइकनै बसेको र स्वास्थ्यको दृष्टिकोणले फिट रहेको बताएकी छन् । उनी आफूलाई पहिलेभन्दा बढी स्वास्थ भएको महसुस गर्छिन् ।

पानीको सट्टा उनी फलफूल खान्छिन् । फलफूलको जुस पिउँछिन् । कहिलेकाहीँ नरिवलको पानी पिउँछिन् ।

उनी यसअघि आफ्नो अनुहारमा धेरै एलर्जी आउने समस्याबाट ग्रसित थिइन् । उपचार गराउँदा पनि ठीक नभएपछि उनको एक जना साथीले ड्राइ फास्टिङ गर्न सुझाएका थिए । ड्राइ फास्टिङको अर्थ पानी नपिइ बस्नु हो । यसले सोफीलाई धेरै राहत मिल्यो ।

सोफी बिना लिक्विड ५२ घन्टासम्म बस्न सक्छन् । पानीबारे सोफी भन्छन्, मान्छेहरु भ्रम छ पानी नपिए बाँच्न सकिन्न भनेर । स्वंय बन्ने हो भने आफ्नो इच्छालाई काबुमा राख्न सकिन्छ ।

सोफीको यो हर्कत देखेर उनका परिवार पनि आश्चर्यचकित छन् ।