सलकपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

Newslaya Home

सलकपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

शनिबार ०३, फागुन २०७६

इटहरी । सलकपुरमा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मोरङको सुन्दर हरैचा नगरपालिका–८ स्थित पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को २७ प १७ नं को र को ३४ प ६६०२ नं को मटरसाइकल ओभरटेक गर्ने क्रममा एक आपसमा ठोक्किदा दुवै मोटरसाइकलमा सवार दुई जनाको घटनस्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुन्दर हरैचा–८ का २७ वर्षका विशाल खत्री र सुन्दर हरैचा–१२ का २५ वर्षीय अर्पण गुरागाईँ रहेका छन् ।

यस्तै, दुर्घटनामा परि दुई जना गम्भीर घाइते भएका छन् । मोटरसाइकलमा सवार संखुवासभा चैनपुरका २१ वर्षीय लक्ष्मण खत्री र सुन्दर हरैचा–८ का २० वर्षीय प्रवीण थापा घाइते भएका हुन् ।

घाईतेलाई सलकपुरबाट खटिएका विदुर भट्टराईको सात जनाको टोलीले उपचारको लागि गोल्डेन अस्पताल बिरटनगर पठाएको हो । यस्तै मोटरसाइकल भने प्रहरी चौकी विराटचोकको नियन्त्रणमा राखिएको जनाइएको छ ।

2 प्रतिकृयाहरू प्राप्त
  • roshan prdnलेख्नुहुन्छ
  • |
  • आइतबार ०४, फागुन २०७६
yo hamro nepal ma dharai laparbahi ko karn badi nepali hamro nepali janata le jyan gumaunu pareko xa yo lapr bahilai chahi kada vanda kada nigrani ma lyaunu parrxa jasto lagxa malai chahi Hamro nepal ma kina yasari manis haru badi mareko hau aaachamma xa
  • पुरबलेख्नुहुन्छ
  • |
  • मङ्गलबार ०६, फागुन २०७६
ज्यान दिन तयार छु तर रबि सरको समर्थन गर्न कहिले पनि छोडेने छुइन