म्यानचेस्टर सिटीमाथि प्रतिबन्ध, दुई सिजन खेल्न नपाउने

Newslaya Home

म्यानचेस्टर सिटीमाथि प्रतिबन्ध, दुई सिजन खेल्न नपाउने

शनिबार ०३, फागुन २०७६

काठमाडौं । युरोपियन क्लब प्रतिस्पर्धाका दुई सिजनमा सहभागी हुन नपाउने गरी म्यानचेस्टर सिटीमाथि प्रतिबन्ध लागेको छ ।

क्लब इजाजत तथा आर्थिक पारदर्शिताको नियम उल्लंघनको आरोपमा युरोपियन फुटबलको प्रशासकीय निकाय यूईएफएले म्यानचेस्टर सिटीमाथि प्रतिबन्ध लगाएको हो ।

प्रिमियर लिगमा सिटीमाथि प्रतिबन्ध नगरिए पनि जरिवाना गरिएको छ । समाचार अनुसार, सिटीले प्रिमियर लिगमा सहभागिताका लागि ३० मिलियन युरो जरिवाना तिर्नुपर्ने छ ।

तर, यसविरुद्ध सिटीले खेल अदालतमा पुनरावेदन गर्न सक्नेछ ।

म्यानचेस्टर सिटीले प्रतिबन्धको निर्णयलगत्तै प्रतिक्रिया दिँदै भनेको छ, ‘निराश भएका छौं तर आश्चर्यमा परेका छैनौं ।’

प्रतिबन्धविरुद्ध खेल अदालत जाने उसले बताएको छ ।