होराइजन एकेडमीको अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

Newslaya Home

होराइजन एकेडमीको अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

शुक्रबार ०२, फागुन २०७६

इटहरी । इटहरी–२ बरगाछी स्थित होराइजन एकेडमीले शुक्रबार आफ्नो १०औं वार्षिक उत्सवको अवसरमा अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम २०७६ सम्पन्न गरेको छ ।

इटहरी उपमहानगरपालिकाका शिक्षा तथा खेलकुद महाशाखा प्रमुख कुमारी अम्बिका शाह प्रमुख अतिथी रहेको सो कार्यक्रममा इटहरी–२ का वडाअध्यक्ष हर्क बहादुर मगर, जिल्ला सुनसरी प्याबसनका अध्यक्ष नेल्सन ढकाल र नगर प्याबसन इटहरीका अध्यक्ष सुवर्ण बहादुर थापाको उपस्थिति रहेको थियो ।

वि.सं २०६६ मा स्थापना भई अभिभावकहरुको मन जित्न सफल उक्त विद्यालयले शिक्षाको गुणस्तरलाई आगामी दिनमा अझै सुधार गर्दै लैजाने विद्यालयका प्रीन्सिपल जीवन अधिकारीले बताए ।

कार्याक्रममा विद्यालय स्थापना कालदेखि अनवरत रुपमा अध्यापन गराउँदै आएका शिक्षक खगेश दाहाल शिक्षिका मुना गुरागाइलाई सम्मान गरिएको थियो ।

विद्यालयका विद्यार्थीहरुले नेपाली कला संस्कृतिको झल्को दिने गीतमा नृत्य, कथा, कबित र प्रहसन प्रस्तुत गरेका थिए । कार्यक्रम विद्यालयका अध्यक्ष दामोदर गौतमको सभाध्यक्षतामा सप्पन्न भएको थियो ।