विराटनगरको सडक डिभिजन कार्यालयका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

Newslaya Home

विराटनगरको सडक डिभिजन कार्यालयका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

शुक्रबार ०२, फागुन २०७६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय विराटनगरका तत्कालिन कार्यालय प्रमुख जितेन्द्रकुमार चौधरीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

सडक डिभिजन कार्यालय विराटनगरको कार्यालय प्रमुख पदमा रहँदा सिनियिर डिभिजनल इन्जिनियर चौधरीले भूमि इन्फ्रास्ट्रक्चर प्रालिबाट बिभिन्न मितिमा ३५ लाख रुपैयाँ घुस लिएर श्रीमतीको खातामा रकम जम्मा गरेको आरोपमा अख्तियारले उनीविरुद्ध शुक्रबार मुद्दा दायार गरेको हो ।

अनुसन्धानको क्रममा चौधरीले बाटो निर्माण गर्ने बिभिन्न स्वीकृत आयोजनाहरुको काम सुरु गर्दा दिइने मोविलाइजेसन रकमबाट गैरकानुनी तरिकाले कमिसन लिएर श्रीमतीको खातामा जम्मा गरेको पाइएकोले उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।