चितवनमा हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

Newslaya Home

चितवनमा हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

शुक्रबार ०२, फागुन २०७६

चितवन । चितवन राष्ट्रिय निकुञ्जको खोरसोरमा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर–७, बद्रेनीका ९३ वर्षीय मनबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

रत्ननगर नगरपालिका–७ सौराहास्थित हात्ती प्रजनन केन्द्र नजीक खोरसोर संरक्षित जङ्गलमा भैँसी चराउन जाने क्रममा तामाङलाई हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।