कोरोनाभाइरस : कोभिड–१९ विरुद्ध खटिएका १७ सय स्वास्थ्यकर्मी सङ्क्रमित

Newslaya Home

कोरोनाभाइरस : कोभिड–१९ विरुद्ध खटिएका १७ सय स्वास्थ्यकर्मी सङ्क्रमित

शुक्रबार ०२, फागुन २०७६

बिबिसि । चीनले कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको नियन्त्रण र रोकथामका निम्ति अग्रमोर्चामा खटिएका १७ सय जनाभन्दा बढी स्वास्थ्यकर्मी उक्त भाइरसबाट सङ्क्रमित भएको खुलासा गरेको छ ।

छ जनाको मृत्यु नै भइसकेको छ ।

चिकित्सक तथा नर्सहरूले ुज्यान दाउमा राखेर काम गरिरहेकोु राष्ट्रिय स्वास्थ्य आयोगका उपमहानिर्देशक जङ्ग यीसिनले बताए ।

उनका अनुसार वुहानमा कार्यरत ११ सय दुईजना र हुबे प्रान्तका अन्य भागमा चार सय स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् ।

सङ्क्रमित स्वास्थ्यकर्मीहरूको सङ्ख्या बढ्दै गएको पनि उनले जानकारी दिए ।

पछिल्ला हप्ताहरूमा कतिपय स्वास्थ्यकर्मीले आफूहरूलाई सुरक्षित राख्न आवश्यक उपकरणहरूको अभाव झेल्नुपरेको गुनासो गरेका छन् ।

भाइरसबारे आफ्ना सहकर्मीलाई सचेत गराउने कोसिस गरेका तर पछि चुप लगाइएका डाक्टर लि वेन्लियाङको गत साता मृत्यु भएपछि त्यसले सामाजिक सञ्जालमा सरकारी निकायविरुद्ध चर्को आक्रोश निम्त्याएको थियो ।