अब शिक्षक बन्न दुई सय पूर्णाङकको परीक्षा लेख्नुपर्ने

Newslaya Home

अब शिक्षक बन्न दुई सय पूर्णाङकको परीक्षा लेख्नुपर्ने

शुक्रबार ०२, फागुन २०७६

काठमाडौं । खुला प्रतिस्पर्धाबाट सरकारी विद्यालयको शिक्षक बन्न चाहनेले अब दुई सय पूर्णाङकको परीक्षा दिनुपर्ने भएको छ । यस्ता विद्यालयका लागि शिक्षक छानेर सिफारिस गर्ने निकाय शिक्षक सेवा आयोगले परीक्षाको पाठ्यक्रम संशोधन गरेको छ ।

यसअघि एक सय पूर्णाङक मात्रै रहेको पाठ्यक्रमलाई दुई सय पूर्णाङक बनाइएको हो । आयोग अध्यक्ष ताना गौतमले नयाँ पाठ्यक्रमबाट परीक्षा दिएर आउने शिक्षकहरु विगतको भन्दा प्रतिस्पर्धी हुने बताए ।

आयोगले अबदेखि प्रकाशन गर्ने खुल्ला प्रतिस्पर्धा सम्बन्धी परीक्षामा संशोधित पाठ्यक्रम लागु हुनेछ ।