जनता क्याम्पसमा आजदेखि खेल सप्ताह सुरु

Newslaya Home

जनता क्याम्पसमा आजदेखि खेल सप्ताह सुरु

शुक्रबार ०२, फागुन २०७६

इटहरी । इटहरीको जनता बहुमुखी क्याम्पसमा शुक्रबार (आज) बाट खेलकुद सप्ताह सुरु भएको छ । खेलकुद सप्ताहको औपचारिक उद्घाटन पुर्व क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष बिश्व प्रसाद रिजालले कबडी खेलेर गरेका हुन् ।

क्याम्पस र समुदायको सम्बन्ध र विद्यार्थीहरुको क्षमतालाई बिस्तार गर्न खेलकुद सप्ताह गरिएको क्याम्पसले जनाएको छ । खेल सप्ताहमा १२ वटा खेल हुने छन् । जसमा १० वटा खेल जनता क्याम्पस भित्रकै विद्यार्थीहरुमा हुनेछ भने दुई वटा खेल अन्य क्याम्पसहरु संग अन्तर क्याम्पस हुनेछ ।

अन्तर क्याम्पस खेलमा फुटबल र भलिबल हुने र अन्य खेलहरु वाकाथुन, कबडी, बुद्धिचाल, ब्याटमिन्टन, एरोबिक नृत्य, म्याकाजोन, टग अफ वार, हाजिर जबाफ लगाएतका खेलहरु रहेका छन् ।

उद्घाटन सत्र सकिएपछि महिला कबडी खेल भएको थियो । महिला कबडी निकैनै आकर्षण रहेको थियो । कार्यक्रमको सभापति तथा खेलकुद सप्ताहका संम्योजक क्याम्पस प्रमुख भोजराज श्रेष्ठ थिए ।

उद्घाटन सत्रमा शिक्षक, विभिन्न ब्याक्तित्व लगाएत विद्यार्थी संघ संघठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।