भीम आचार्यको नेतृत्वमा मिले रामप्रसाद र द्वारिक

Newslaya Home

भीम आचार्यको नेतृत्वमा मिले रामप्रसाद र द्वारिक

शुक्रबार ०२, फागुन २०७६

इटहरी । इटहरीका मेयर द्वारिकलाल चौधरी र खानेपानी संस्था इटहरीका अध्यक्ष रामप्रसाद चौलागाई मिलेका छन् । विगतमा भएका कमि कमजोरी सच्याउँदै पार्टी संगठन सुदृढ बनाउने सहमतीसँगै् दुवै जना मिलेका छन् ।

दुवैको आत्मालोचनापछि विगत लामो समयदेखि जारी विवाद समाधान भएको हो । दुवै जनाले हात मिलाएको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

दुवैबिच लामो समयदेखि चल्दै आएको वाकयुद्ध सहमतिका लागि नेकपा प्रदेश नम्बर १ का इञ्चार्ज भिम प्रसाद आचार्यले भुमिका खेलेका थिए । उनको नेतृत्वमा भएको छलफलमा दुवै नेताले एक अर्काको गल्तीको आत्मालोचना गर्ने सहमती बनेको थियो ।

विगत केही महिना यता रामप्रसाद चौंलागाई बिरुद्ध मेयर चौधरी आक्रामक तरिकाले प्रस्तुत हुँदै आएका थिए । पछिल्लो समयमा चौलागाईसमेत मेयर चौधरीको विरुद्ध खरो उत्रिएका थिए । दुवैको आरोप प्रत्यारोपले इटहरीमा नेकपाको संगठनमा नकारात्मक असर परेको भन्दै नेकपाका नेताहरुले चिन्ता व्यक्त गर्दै आएका थिए ।

लामो समयदेखि इटहरी उपमहानगरपालिकाको नेतृत्व लिँदै आएको नेकपाका नेताहरुबिच देखिएको उक्त असहमतीले पार्टीलाई आगामी चुनावमा अफ्ठेरो परेको विश्लेषण नेकपाका नेताहरुले गर्दै आएका थिए । सहमतीसँगै नेता तथा कार्यकर्तामा उत्साह छाएको छ ।