हङकङमा कोरोनाका तीन नयाँ बिरामी थपिए

Newslaya Home

हङकङमा कोरोनाका तीन नयाँ बिरामी थपिए

शुक्रबार ०२, फागुन २०७६

हङकङ । हङकङमा शुक्रबार कोरोना भाइरसबाट संक्रमित थप तीन जना बिरामी फेला परेका छन् । यससँगै यो सहरमा संक्रमितको संख्या ५६ पुगेको छ ।

नयाँ बिरामीमध्ये एक जना गम्भीर अवस्थामा रहेको बताइएको छ । ती व्यक्तिको प्रिन्सेस मार्गरेट अस्पतालमा उपचार भइरहेको सेन्टर फर हेल्थ प्रोटेक्सनले जनाएको छ ।

अन्य दुई जना यसअघि संक्रमितहरुकै परिवारको सदस्य भएको बताइएको छ ।