एकैपटक १६ सहसचिवको सरुवा

Newslaya Home

एकैपटक १६ सहसचिवको सरुवा

शुक्रबार ०२, फागुन २०७६

काठमाडौं । सरकारले १६ सहसचिवको सरुवा र हेरफेर गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत केदार पनेरु अर्थ मन्त्रालयमा सरुवा भएका छन् ।

सामान्यकै प्रवक्ता भुपाल वराल महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरिएको छ । राष्ट्रिय दलित आयोगका सुशील ढकाललाई राष्ट्रिय कितावखानाको महानिर्देशक बनाइएको छ ।

मन्त्रीपरिषद् बैठकले उनीहरुको सरुवा गरेको हो । सहसचिव उमेश बस्नेत, ठाकुर सिग्देल, खड्ग बहादुर कार्की, हरि बखती, कृष्णप्रसाद धिताल, भीष्म न्यौपाने, वासुदेव शर्मा, टीकाराम ज्ञवाली, तेजराज पाण्डे, शंकरप्रसाद सुवेदी, आनन्द सारू, कृष्णकान्त उपाध्याय र उपेन्द्र खनालको सरुवा र हेरफेर गरेको छ ।