पूर्व मिस नेपाल श्रृंखलाले स्वीकारिन् प्रेम सम्बन्ध

Newslaya Home

पूर्व मिस नेपाल श्रृंखलाले स्वीकारिन् प्रेम सम्बन्ध

शुक्रबार ०२, फागुन २०७६

काठमाडौं । पूर्व मिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिशन बानियाबीच प्रेम सम्बन्ध रहेको चर्चा सुरु भएको लामै समय भइसक्यो ।

उनी मिस नेपाल भएपछि मिस वर्ल्डमा देखाउने मल्टिमिडिया स्टोरी बनाउने क्रममा नजिकिएका उनीहरु विदेश भ्रमणमा प्रायः सँगै देखिने गरेका थिए ।

टर्की भ्रमणताका यी दुवैको तस्बिर सार्वजनिक भएदेखि नै उनीहरुको प्रेममा रहेको शंका गरिएको थियो ।

इन्स्टाग्राममा सिशनले श्रृंखलासँगको तस्बिर राखेका थिए । तर यी दुवैले सार्वजनिक रुपमा आफ्नो सम्बन्धबारे बोलेका थिएनन् । प्रेम दिवसको मौका पारेर श्रृंखलाले सार्वजनिक रुपमै सिशनसँगको सम्बन्ध इन्स्टाग्राम मार्फत नै स्वीकार गरेकी छन् । उनले इन्स्टाको स्टोरीमा सानो भिडियो क्लिप राखेर ‘एक्साइटिङ डेट फर अस’ लेखेकी छन् र भिडियोको पछाडि बिस्तारै सिशन देखा पर्छन् ।