माया घरकी संस्थापक राधिका दासीले मुम्बइमा पुराण वाचन गर्ने

Newslaya Home

माया घरकी संस्थापक राधिका दासीले मुम्बइमा पुराण वाचन गर्ने

शुक्रबार ०२, फागुन २०७६

इटहरी । माया घर नेपालकी संस्थापक भागवत मञ्जरी राधिका दासीले मुम्बईमा पुराण वाचन गर्ने भएकी छन् ।

महाशिवरात्रिको अवसरमा मुम्बईमा श्रीमद भागवत कथाको आयोजना हुने भएको छ । नयाँ मुम्बई महानगरपालिका शाखा ३१ र ३२ मा सेक्टर ७ मा कथा बाचन हुने आयोजकले जानकारी दिएको छ ।

सोही पुराणमा नेपाली, संस्कृत, अंग्रेजी र हिन्दी गरि ४ वटा भाषामा कथा भन्दै आएकी दासीबाट दिब्य भक्ति रसमय प्रवचन हुने बताइएको छ ।

कथामा नेपालबाट प्रमुख आतिथिको रुपमा विश्व हिन्दु महासंघ अन्तर्गतको ऊँकार महाअभियानका प्रमुख संयोजक श्री निक्ष शम्सेर राणा लगायत ३० जना सदस्यिय टोलीको उपस्थिती रहने छ ।

कार्यक्रमा वृन्दावनबाट विश्व हिन्दु युवा संघ भारतका राष्ट्रिय अध्यक्ष शन्त श्री नवल बिहारी शरण जी महाराजको उपस्थिति र आशिर्वचन रहने आयोजक संस्थाले जानकारी दिएको छ । साथै नेपाल र भारतका शन्त महात्माहरुको दिब्य प्रवचन समेत हुनेछ ।