सुन्दरहरैचाको साहारा नेपाल बचतले दुई ऋणीहरुको ऋण मिनाहा गरिदियो

Newslaya Home

सुन्दरहरैचाको साहारा नेपाल बचतले दुई ऋणीहरुको ऋण मिनाहा गरिदियो

शुक्रबार ०२, फागुन २०७६

इटहरी । मोरङको सुन्दरहरैचामा साहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले दुई ऋणीहरुको ऋण मिनाहा गरिदिएको छ । संस्थाले सुन्दरहरैचा–६ नभ प्रतीभा साहारा महिला समुहकी स्व. रुपा कार्की र सुन्दरहरैचा–२ फुलबारी साहारा महिला समुहकी स्व. चेयरी कुमारी थारुको ऋण मिनाह गरेको हो ।

स्व.कार्कीको गत असोजमा निधन भएको थियो । मंगलबार संस्थाले कार्कीले चलाएको एक लाख ५५ हजार ऋण मिनाह गरेको हो । साथमा उनको किरिया खर्चको लागी श्रीमान लोकबहादुर कार्कीलाई ४६ हजार समेत हस्तान्तरण गरेको हो ।

त्यस्तै स्व. थारुको २० हजार ऋण मिनाहा गरी किरिया खर्च २६ हजार उपलब्ध गराएको सस्थाकी गोठगाँउ (बलिया) शाखा प्रमुख शान्ता काफ्लेले जानकारी दिइन् । संस्थाले यसअघि पनि ऋणी सदस्यहरुको मृत्यु भएमा किरिया खर्चकका साथमा ऋण मिनाहा गर्दै आएको जनाएको छ ।