काँकडभिट्टाबाट भ्यानसहित ६० लाख बढीको सामान बरामद

Newslaya Home

काँकडभिट्टाबाट भ्यानसहित ६० लाख बढीको सामान बरामद

शुक्रबार ०२, फागुन २०७६

भद्रपुर । काँकडभिट्टाबाट अवैधरुपमा नेपाल भित्र्याइएको सामानसहितको बोलेरो पिकअप भ्यान पक्राउ गरी प्रहरीले क्षेत्रीय राजश्व कार्यालय इटहरी पठाएको छ ।

६० लाख बढीका सामानसहित मे १ ज १८०७ नंको बोलेरो पिकअप भ्यान पक्राउ परेको हो । जिल्ला प्रहरी कार्यालय झापाले नेटका साडी, कुर्तासलवार, बनरासे साडी, रङ्गोली ब्वाउजसहितका साडीलगायतका रु ६० लाख बराबरको सामान राजश्व कार्यालय पठाएको जानकारी दिएको छ ।

बिहीबार पूर्वपश्चिम राजमार्गको मेचीनगर नगरपालिका–१२ बाट विशेष सुराकीका आधारमा महेन्द्रा कम्पनीको गाडीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।