कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १४ सय पुग्यो, ६५ हजारलाई सङ्क्रण

Newslaya Home

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १४ सय पुग्यो, ६५ हजारलाई सङ्क्रण

शुक्रबार ०२, फागुन २०७६

काठमाण्डौ । चीनमा कोरोना भाइरसबाट सङ्क्रमित भई ज्यान गुमाउनेको संङ्ख्या शुक्रबारसम्म करिब १ हजार ४ सय पुगेको छ।

हुबेइ प्रान्तको उहानबाट गत वर्षको अन्त्यतिरबाट यसको सङ्क्रमण शुरु भएको यो भाइरसबाट हुने सङ्क्रमणलाई हालैमात्र वैज्ञानिकले ‘कोभिड(१९’ नाम दिएका छन्।

प्रतिदिन यस रोगको प्रकोप फैलिएसँगै एकै दिनमा मृत्यु हुनेको सङ्ख्यामा पनि वृद्धि भइरहेको छ। पछिल्ला केही दिनमा नयाँ सङ्क्रमण भएका मानिसको सङ्ख्यामा ठूलो मात्रामा वृद्धि भएको बताइएको छ।

पछिल्लो समयमा निको भएर घर फर्किएका बाहेक हाल सङ्क्रण भइ उपचार गराइरहेका बिरामीको सङ्ख्या झन्डै ६५ हजार पुगेको छ। स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार हाल चीनमा सङ्क्रमित भएका बिरामीमध्ये करिब ८० प्रतिशत हुबेइ प्रान्तका मात्र रहेको नयाँ तथ्य पनि पत्ता लागेको बताइएको छ।