झापामा बाबुद्वारा छोरीको हत्या

Newslaya Home

झापामा बाबुद्वारा छोरीको हत्या

शुक्रबार ०२, फागुन २०७६

झापा । झापाको शिवसताक्षी नगरपालिका–९मा बन्चरोको विडले हिर्काएर बाबुले छोरीको हत्या गरेका छन् ।

शिवसताक्षीका ४६ वर्षिय भिमबहादुर ठटालले मादकपदार्थ सेवन गरी २६ वर्षकी छोरी रेखा ठटाल लिम्बूको हत्या गरेका हुन् । स्थानीयका अनुसार २६ वर्षीय रेखालाई उनका वाबुले बन्चरोको विडले हिर्काएका थिए ।

बाबुको कुटाइबाट गम्भिर घाईते भएकी रेखाको बिर्तामोड स्थित विर्ता सिटी हस्पिटलमा उपचारको क्रममा शुक्रबार विहान मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।