नाइजेरियामा ‘लासा’ ज्वरोबाट ७० जनाको मृत्यु

Newslaya Home

नाइजेरियामा ‘लासा’ ज्वरोबाट ७० जनाको मृत्यु

शुक्रबार ०२, फागुन २०७६

काठमाण्डौ । नाइजेरियामा ‘लासा’ नामक ज्वरोबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा पनि ७० पुगेको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार नाइजेरियाको रोग नियन्त्रण केन्द्रले यो ज्वरोबाट ज्यान जानेको सङ्ख्या थप बढ्न सक्ने जनाएको छ । यहाँ उक्त ज्वरोको प्रकोप प्रतिदिन बढ्दो मात्रामा रहेको पनि बताइएको छ ।

ज्वरोबाट सङ्क्रमित भएर अस्पताल भर्ना भएका व्यक्तिको सङ्ख्या ४७२ रहेको छ । ज्वरोबाट देशका ३६ मध्येका कम्तीमा पनि २३ वटा प्रान्तका नागरिक प्रभावित भएको पाइएको अधिकारीलेहरुले जानकारी दिएका छन् ।

देशको दक्षिण भागका व्यक्तिहरु यस ज्वरोबाट बढी प्रभावित भएका जनाइएको छ ।