सुनचाँदीकै मूल्य स्थिर

Newslaya Home

सुनचाँदीकै मूल्य स्थिर

शुक्रबार ०२, फागुन २०७६

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य शुक्रबार स्थिर रहेको छ ।

आज छापावाल सुन प्रतितोला ७६ हजार रुपैयाँमै कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन पनि अघिल्लै दिनको मूल्य प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

सुनको मूल्य स्थिर रहेसँगै चाँदी पनि प्रतितोला ८ सय ८० रुपैयाँमै स्थिर छ ।