ठगी मुद्दाका फरार प्रतिवादी इलामबाट पक्राउ

Newslaya Home

ठगी मुद्दाका फरार प्रतिवादी इलामबाट पक्राउ

शुक्रबार ०२, फागुन २०७६

झापा । जिल्ला अदालत झापाको फैसला अनुसार ठगी मुद्दामा १ वर्ष कैद र १२ लाख रुपैयाँ सजाय भई फरार रहेका २ जना प्रतिबादीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बुद्धशान्ति गाउँपालिका–४ का ४४ वर्षीय मुगाधन राई र ४० वर्षीय टिका काम्बाङ लिम्बु रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले इलाममा लुकिछिपी बसेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत झापामा दाखिला गरेकोमा सोही अदालतको आदेशले जिल्ला कारागार कार्यालय चन्द्रगढी झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।