मोरङमा दुई जनाको शव फेला

Newslaya Home

मोरङमा दुई जनाको शव फेला

शुक्रबार ०२, फागुन २०७६

मोरङ । मोरङको छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेका छन् ।

पथरीशनिश्चरे नगरपालिका–४ सम्झना चोकमा एक र लेटाङ नगरपालिका–१ मा एक जना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । पथरी शनिश्चरे–४ सम्झना चोकस्थित हाट बजार लाग्ने ठाँउमा स्थानीय ५५ वर्षीय प्रबल गिरी मृत फेला परेको प्रहरीले जानएको छ ।

प्रहरी चौकी कुशेचौरीबाट खटिएको टोलीले आवश्यक प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि मंगलबारे अस्पताल उर्लाबारी पठाएको छ ।

यस्तै लेटाङ–१ धोबिघाटस्थित पाचथरे खोलामा लडेर स्थानीय ६४ वर्षीय बलबहादुर लामिछानेको मृत्यु भएको हो ।

स्थानीयले शुक्रबार बिहान लडेर मृत्यु भएको खबर गरेपछि इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको टोलीले कानुनी प्रकृया पुरा गरी शवलाई पोस्टमार्टमका लागि मंगलबारे अस्पताल पठाएको छ । दुवै घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।