भारतमा दुई बच्चाको हत्या गरेर दम्पत्तिद्वारा आत्महत्या

Newslaya Home

भारतमा दुई बच्चाको हत्या गरेर दम्पत्तिद्वारा आत्महत्या

शुक्रबार ०२, फागुन २०७६

काठमाण्डौ । भारतको वाराणसीमा एक दम्पत्तिले दुई बच्चाको हत्या गरेर आफुले पनि आत्महत्या गरेका छन्। वाराणसी, आदिमपुरस्थित मुकिमगञ्जका चेतन तुलस्यान र उनकी पत्नी ऋतुले आफ्ना दुबै सन्तानको हत्या गरेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

उनका अनुसार घरको एउटा कोठामा दुई बच्चाको शव भेटिए भने अर्को कोठामा दम्पत्ति झुन्डिरहेको अवस्थामा भेटिएको थियो। गरिबीका कारण आत्महत्या गरेको सुसाइट नोटमा उल्लेख भएको प्रहरीले जनाएको छ। स्थानीयहरुका अनुसार चेतन डिप्रेसनका सिकार पनि थिए।

चेतन पंखा बनाउने काम गर्थे। आत्महत्या गर्नुअघि चेतनले हेल्पलाइनमा सूचनासमेत दिएको बताइएको छ। चेतनको घरमा प्रहरी पुग्दा भने उनीहरु मृतावस्थामा भेटिएका थिए।