प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै आफैँमाथि गोली प्रहार

Newslaya Home

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै आफैँमाथि गोली प्रहार

शुक्रबार ०२, फागुन २०७६

काठमाण्डौ । एक प्रहरी जवानले आफैँलाई गोली हानेका छन् । महोत्तरी घर भई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले प्रेम पस्ताव अस्वीकार भएपछि आफैँलाई गोली प्रहार गरेका हुन् ।

रायले सहकर्मी महिला प्रहरी लाई प्रेम प्रस्वाव राखेको र सहकर्मीले प्रस्ताव अस्वीकार गरेपछि रायले आफ्नै पेटमा गोली हानेका हुन् । उनको सिन्धुलीमा उपचार हुन नसकेपछि काठमाडौँ लगिएको छ ।

घटनाको अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।