सिटिजन्स बैंकद्वारा माया घरलाई आर्थिक सहयोग

Newslaya Home

सिटिजन्स बैंकद्वारा माया घरलाई आर्थिक सहयोग

शुक्रबार ०२, फागुन २०७६

इटहरी । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले इटहरी स्थित माया घर नेपाललाई ८० हजार रुपैयाँ सहयोग गरेको छ ।

मानसिक स्वास्थ्यमा समस्या भएको तथा सडकमा बेबारिसे भई जीवन र मृत्युको दोसाधमा जीवन बिताईरहेकाहरुलाई पुर्नस्थापना गरी सिपमुलक तालिम संचालन गर्दै माया दिने छहारीमा राख्ने तथा पुर्नमिलन गराई जीवन दर्शन तथा आध्यात्मिक ज्ञानको मध्यमबाट समाजलाइ सुसंस्कार तर्फै लैजाने उद्देश्यले संचालित मायाघर नेपालको प्रांगणमा आयोजित एक समारोहका बीच उक्त सहयोग रकम प्रदान गरिएको हो ।

हाल माया घर नेपालमा विभिन्न उमेर समुहका असमर्थ असक्त, अपाङ्ग र मानसिक सन्तुलन गुमेर सडकमा आएका ५४ जनालाई उद्धार गरी उपचार सहितको गाँस, बाँसको व्यवस्था गर्दै आईरहेको छ ।

अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने जनाएको छ ।