रोनाल्डोको गोलले हारबाट जोगियो युभेन्टस

Newslaya Home

रोनाल्डोको गोलले हारबाट जोगियो युभेन्टस

शुक्रबार ०२, फागुन २०७६

काठमाडौं । कोपा इटालियामा युभेन्टस लगातार तेस्रो हारबाट जोगिएको छ । निर्धारित ९० मिनेटको समय सकिएपछि थपिएको अतिरिक्त समयमा स्टार स्ट्राइकर क्रिश्चियानो रोनाल्डोले गोल गरेपछि युभेन्टस हारबाट जोगिएको हो ।

कोपा इटालियाको सेमिफाइनल खेलमा एसी मिलानले घरेलु मैदानको फाइदा उठाउँदै निर्धारित समयभर अग्रता लिएको थियो । पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेन । तर, दोस्रो हाफको ६१औं मिनेटमा एन्टी रोबिकले गोल गर्दै मिलानलाई अग्रता दिलाए ।

निर्धारित समयभर अग्रता कायमै रह्यो । तर, थपिएको अतिरिक्त समयमा रोनाल्डोले पेनाल्टी मार्फत गोल गरेपछि खेल बराबरीमा सकियो ।

यसअगाडि युभेन्टस नापोली र भेरोनासँग पराजित भएको थियो ।