टर्कीका सुरक्षाकर्मीद्वारा सिरियाली सैनिकमाथि आक्रमण, ५५ जनाको मृत्यु

Newslaya Home

टर्कीका सुरक्षाकर्मीद्वारा सिरियाली सैनिकमाथि आक्रमण, ५५ जनाको मृत्यु

बिहीबार ०१, फागुन २०७६

काठमाडौं । टर्कीका सुरक्षाकर्मीहरुले सिरियाको दक्षिणपूर्वी प्रान्त इदलिबमा गरेको आक्रमणमा परेर ५५ सिरियाली सुरक्षाकर्मीको मृत्यु भएको छ । सिरियाको दक्षिणपूर्वी प्रान्त इदलिबमा भएको घटनामा परेर उनीहरु मारिएको टर्कीका अधिकारीले बिहीबार जानकारी दिएका छन् ।

टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोआनले सिरियाली सेनाले निहुँ खोजेमा प्रतिआक्रमण गर्ने चेतावनी दिएको भोलिपल्ट यो घटना भएको हो । आफ्नो देशका सुरक्षाकर्मीहरूलाई सिरियाली सुरक्षाकर्मीले आक्रमण गरेमा वा दुःख दिएमा आफूहरूले पनि आक्रमण गर्ने उनले चेतावनी दिएका थिए ।

टर्कीका सुरक्षाकर्मीविरुद्ध फेरी अर्को आक्रमण भए कुनै सङ्कोचबिना टर्कीका सुरक्षाकर्मीहरूले सिरियाका सुरक्षाकर्मीहरूलाई आक्रमण गर्ने उनको भनाइ थियो । सिरियाको इदलिब प्रान्तमा केही हप्तादेखि दुई देशका सुरक्षाकर्मीबीचमा विवाद तथा सङ्घर्ष चलिरहेको छ ।