अफगानिस्तानमा हिमपहिरोबाट सात जनाको मृत्यु

Newslaya Home

अफगानिस्तानमा हिमपहिरोबाट सात जनाको मृत्यु

बिहीबार ०१, फागुन २०७६

काबुल । अफगानिस्तानको दायकुन्डी प्रान्तस्थित हिम पहिरोका कारण सात जनाको मृत्यु भएको छ ।

जसमध्ये चारजना एकै परिवारका छन् । सोही परिवारका एक जनाको भने उद्धार गरिएको छ । स्थानीय मिडियाका अनुसार पहिरोमा दुई जना बेपत्ता छन् ।
सोही क्षेत्रमा अर्को हिमपहिरोमा तीन जनाको मृत्यु भएको हो ।

राजधानी काबुलबाट २ सय ९० किलोमिटर टाढा पर्ने एक गाउँमा बुधबार राति हिमपहिरो आएको थियो ।