धरानमा ट्याक्टरको चक्काले किच्दा एक जनाको मृत्यु

Newslaya Home

धरानमा ट्याक्टरको चक्काले किच्दा एक जनाको मृत्यु

बिहीबार ०१, फागुन २०७६

धरान । धरान उपमहानगरपालिका–५ ठिङगावारीमा ट्याक्टरको चक्काले किचेर एक जनाको मृत्यु भएको छ ।

बिहीबार दिउँसो ३ बजे किसानचोकबाट ठिङगावारी तर्फ जाँदै गरेको को ५ त ७८४३ नम्बरको ट्याक्टरमा चढेर जाँदै गरेको अवस्थामा ट्याक्टरमा ब्रेक लगाउँदा उछिट्टिएर सोही ट्याक्टरको चक्काले किच्दा स्थानीय ४२ बर्षीय बुद्धराज लिम्बुको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

घटनास्थलमा उक्त कार्यालयबाट प्रहरी टोली खटिई कानूनी प्रकृया अघि बढाइएको छ । ट्याक्टर चालक भने फरार रहेकोले खोजतलास भईरहेको बताइएको छ ।